• २० असार २०८३, शनिबार
  • ७:१२ बेलुका

‘नेपाल भ्रमण वर्ष २०२०’ को वेबसाईट सार्वजनिक

प्रकाशित मिति

२०७६ आश्विन २ गते, बिहीबार ०२:०८

काठमाडौं , ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक संजाल फेस बुक, ट्वीटर, इन्टाग्राम र लिङ्डईन पनि संचालनमा ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाईट तथा सामाजिक संजालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गर्नु भएको हो ।

Kamana Sewa

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटहरुमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन । त्यसैगरी सामाजिक संजालहरुको ह्यान्डलहरुमा  facebook-nepallifeexperiecces , Instagram-@visitnepalyear2020_official,  Linkedin-@visitnepal2020-secretariat

Classic Tech Desktop

मन्त्री भट्टराईले नेपाल भ्रमाण वर्ष २०२० को आधिकारिक वेबसाईटमा राष्ट्रपति विद्यादेवी भण्डरी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपि शार्मा ओली, नेपाल सम्बन्धी जानकार राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरुको पनि सो सम्बन्धी सन्दर्भ सामग्री भिडियो मर्फत सार्वजनिक गरिने बताउनुभयो । यि आधिकारिक वेबसाईटहरुबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारी सम्पुर्ण गतिविधिहरु सार्वजनिक गर्न सबै निकायहरुलाई मन्त्री भट्टराईले निर्देशन दिनुभयो ।

प्रतिकृया