• ४ साउन २०८३, सोमबार
  • ७:०७ बेलुका

जलेश्वर मालपोतका नासु, खरिदार र लेखापढी व्यवसायीविरुद्ध मुद्धा दायर

प्रकाशित मिति

२०८१ चैत्र २२ गते, शुक्रबार ०३:२८

चैत्र २२, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा, खरिदार र लेखापढी कानून व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

मालपोतका खरिदार मुन्नु कुमार दास र कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिन ३५ हजार घुस सहित पक्राउ गरेकोमा अनुसन्धानको क्रममा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरी, खरिदार मुन्ना दास भन्ने मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो समेतको मिलोमतोमा जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपूर्जा बनाईदिने भन्दै सो घुस रकम लिएको पुष्टि भएकोले विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया