• ४ साउन २०८३, सोमबार
  • ७:०८ बेलुका

राजनीतिमा आउने कुलमानको संकेत, भने- कुनै पनि जिम्मेवारीका लागि तयार छु

प्रकाशित मिति

२०८१ चैत्र २२ गते, शुक्रबार ०३:२०

चैत्र २२, २०८१ काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशको हित र समृद्धिका लागि आफू कुनै पनि जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब आफू कर्मचारी नरहेको र जिम्मेवार नागरिकको रुपमा देशको हित र समृद्धिका लागि काम गर्ने बताए ।

Kamana Sewa

‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता छ ?’ पत्रकारले उनलाई सोधे । सो प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘म एउटा जिम्मेवार नागरिक, अब तयाईँहरुजस्तै नागरिक भएँ, म कर्मचारी रहिनँ अब । एक जिम्मेवार नागरिक भएर, मैले मेरो वक्तव्यमा पनि लेखिसकेको छु– म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघिनै भनिसकेँ ।’

Classic Tech Desktop

प्रतिकृया