• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

‘प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै मेरो कार्यकालको सफलता हो’ : कुलमान घिसिङ

प्रकाशित मिति

२०८१ चैत्र २२ गते, शुक्रबार ०२:५१

चैत्र २२, २०८१ काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् ।

बर्खास्तीमा परेपछि पहिलो पटक शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

Kamana Sewa

‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौँ, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौँ नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौँ, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै मेरो कार्यकालको सफलता हो,’ उनले भने ।

Classic Tech Desktop

सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलन गरिरहेका छन् ।

प्रतिकृया