• २१ असोज २०८३, बुधबार
  • ७ः१७ बिहान

लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

प्रकाशित मिति

२०८१ चैत्र ६ गते, बुधबार ०२:००

बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

चैत्र ६, २०८१ काठमाडौँ: नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा व्यवसाय सञ्चालन गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन जारी गरेको छ। प्राधिकरणले लगानी व्यवस्थापनका लागि अनुभवी उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी यो इकाई स्थापना गर्न र सात दिनभित्र जानकारी पेश गर्न कम्पनीहरूलाई भनेको छ।

National Life

यस्तै, लघुबीमा व्यवसाय गर्ने कम्पनीहरूलाई पनि लगानी व्यवस्थापनका लागि अनुभवी उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी तोकेर सात दिनभित्र प्राधिकरणमा जानकारी दिन निर्देशन दिइएको छ। साथै, यसअघि नै लगानी सम्बन्धी व्यवस्था कार्यान्वयन गरिसकेका बीमा कम्पनीहरूले पनि सो को विवरण सात दिनभित्र बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ।

प्रतिकृया