• २१ असोज २०८३, बुधबार
  • ७ः२९ बिहान

सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी

प्रकाशित मिति

२०८१ चैत्र ६ गते, बुधबार ०९:१७

चैत्र ६, २०८१ काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भएको बैठकपछि उद्योगमन्त्री भण्डारीले सरकारसँग भएको सहमति विपरीत सिमेन्टको भाउ लिनेलाई कारबाही गर्ने बताएका हुन् ।

National Life

समिति बैठकमा सिमेन्ट उद्योगी र सांसदहरूबीच सिमेन्टको भाउबारे चर्काचर्की भएको थियो । सिमेन्ट उद्योगीले धम्कीपूर्ण भाषा प्रयोग गरेपछि सांसदहरू आक्रोशित भएका थिए । बैठकमा निर्माण व्यवसायीहरूले सिमेन्ट उद्योगीले अस्वाभाविक भाउ बढाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

‘दुवै पक्षलाई मिलाएर लानुपर्ने छ,’ बैठकपछि उद्योगमन्त्री भण्डारीले भने, ‘उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

Classic Tech Mobile
Classic Tech Desktop

उनले सिमेन्ट र डण्डीको भाउ बढ्नुमा लोडसेडिङ लगायत अनेक कारण रहेको बताए। ‘हिजो हामीले लोडसेडिङमुक्त भयो भन्यौं। तर, आज पनि लोडसेडिङ छ। मूल्य बढेको विषय खोज्ने हो भने यसका अनेक कारण छन्,’ उनले भने, ‘अहिले उद्योगको अवस्था के छ समितिले नै अध्ययन गरोस्।’

मन्त्री भण्डारीले हेटौंडा र उदयपुर सिमेन्टले प्रति बोरा १५० रुपैयाँ घाटा खाएको भन्दै उत्पादन लागतबारे मन्त्रालयले कार्यदल गठन गरेर अध्ययन गरिरहेको र चाँडै नै त्यसले प्रतिवेदन बुझाउने बताए।

प्रतिकृया