• १ असोज २०८३, बिहीबार
  • ४ः३७ बिहान

रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड

प्रकाशित मिति

२०८१ माघ ४ गते, शुक्रबार ११:०८

माघ ४, २०८१ काठमाडौँ: रुपन्देहीको देवदहमा देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्नु भएको हो । माघ ३ देखि ५ गते सम्मसंचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिनु भयो ।

National Life

प्रतियोगिता अन्र्तगत एथ्लेक्टिस तर्फ २६ ईभेन्ट, भलिवल तर्फ २ वटा ईभेन्ट, कवड्डी तर्फ २ वटा ईभेन्ट र कराते तर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले जानकारी दिनु भयो । सोही अवसरमा गत बर्षको विजेता विद्यालय देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिनेमा जोड दिनु भयो । पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो । उहाले खेलकुदको विकासको लागि खेलाडीलाई वातावरण संगै तालिमको आयोजना गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले पछिल्लो समय खेलकुदको महत्व बढ्दै गएको बताउदै नेपाली खेलाडीहरु अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई पदक जित्न सफल भएको बताउनु भयो । उहाले खेलाडीहरु राष्ट्रिय गहना भएकोले विद्यालय स्तरबाट उत्पादीत खेलाडीको उचित संरक्षण गर्न स्थानीय तहले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

यसैगरी देवदह नगर प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गर्नु भयो । उहाले खेलकुदको विकासको लागि भौतिक पुर्वाधार निर्माणको लागि नगरपालिका लागिरहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्डले खेलाडी उत्पादनमा विशेष योगदान दिने बताउनु भयो । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । प्रतियोगिता अन्र्तगत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । छात्रा तर्फ भएको भएको लम्जङ्गमा जनता माविका आशा दगौरिया प्रथम, सगरमाथा आवासीय माविका रोशनी थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा थारु तृतिय भएको छ । सोही खेलको छात्र तर्फ प्रगति माविका पवन पासी प्रथम, कोलिय ईङलिस बोडिङ्गका प्रविन रञ्जितकार द्धितिय, ग्रीन प्लान्ट आवासीय माविका अविरल सुनार तृतिय भएको छ । यसैगरी छात्र सटफुट तर्फ भएको खेलमाा सगरमाथा आवासीय माविका अञ्जना विक प्रथा, देवदह बुद्ध पव्लिकका अनिस झेडी द्धितिय, जनप्रिय माविका रिम्स गौतम तृतिय भएको छ । सोही खेलको छात्रा तर्फ भविश्य निर्माण माविा विना श्रीष प्रथम, सगरमाथा आवासीय माविका कृष्टि पौडेल द्धितिय, जनप्रिय माविका खिमा खत्री तृतिय भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी १५ सय छात्र तर्फको दौडमा बुद्ध पव्लिक आवासीय माविका आशिष अग्रहरी प्रथम, मदर टङ्गस एकेडेमीका अरुणा विके द्धितिय, नारायणयी पव्लिकका सन्तराम पासी तृतिय भएको छ । छात्र तर्फ भएको सोही खेलमा युगज्योति माविका आयुस्मा खत्री प्रथम, देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे द्धितिय, देवदह बोडिङ्ग स्कुलका संगीता थापा तृतिय भएको छ । यसैगरी भलिवल प्रतियोगिताको विभिन्न खेलहरु सम्पन्न भएको छ । छात्र तर्फ भएको भलिवल खेलमा एशियनलाईट बोडिङ्ग र देवदह बुद्ध पव्लिक दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा देवदह बुद्ध पव्लिकले युगज्योति माविलाई सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । यसैगरी एशिनलाई बोडिङ्ग स्कुलले देवदह मदरङ्गस एकेडेमीलाई २–१, को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । छात्रा तर्फ भएको भलिवल प्रतियोगितामा सगरमाथा आवासीय मावि, कोलिय ईङलिस बोडिङ्ग स्कुल र सिता मावि दोश्रो चरणमा प्रवेश गरेको छ ।

प्रतिकृया