• ७ असोज २०८३, बुधबार
  • १२ः३४ दिउँसो

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा भेटियो

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार १२:५३

पुष २२, २०८१ काठमाडौँ: चीनमा ठूलो संख्यामा मानिसको मृत्यु गराइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि फैलिएको छ। कर्नाटकमा दुई संक्रमित केस पुष्टि भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)ले जनाएको छ।

National Life

कर्नाटकका स्वास्थ्य मन्त्रीले यस विषयमा आकस्मिक बैठक बोलाएका छन्। एक आठ महिनाकी बालिकामा यस भाइरस जस्ता लक्षण देखिए पनि पुष्टि निजी अस्पतालको रिपोर्टबाट भएको हो। नमूनाको सरकारी परीक्षण प्रक्रियामा छ।

एचएमपीभी भाइरस संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्क, खोक्दा, हाच्छ्युँ गर्दा, छोएर वा हात मिलाउँदा सजिलै सर्ने जोखिम छ। भारत सरकारले यस भाइरसका कारण सतर्कता र अलर्ट जारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया