• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१९ राती

तीन दिने कार्यक्रम गर्दै संविधान दिवस मनाउने प्रदेश २ सरकारको निर्णय

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०७:१०

जनकपुर, प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम आयोजना गरी संविधान दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ। प्रदेश २ को मन्त्रिपरिषद् बैठकले तीन दिने कार्यक्रम तय गरी धुमधामका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। प्रदेश २ को सत्ता साझेदार दल समाजवादी पार्टी संविधान दिवस मनाउन अघि सर्दा राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने संविधान दिवसलाई कालो दिनका रुपमै मनाउने निर्णय गरिसकेको छ। प्रदेश २ सरकारले संविधान दिवस मनाउने निर्णय गरे पनि राजपाका कुनै पनि मन्त्री त्यसमा सरिक नहुने भएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संविधान दिवसका अवसरमा पहिलो दिन असोज २ गते डेंगु रोगबाट बच्न र ड्रग्स नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, दोस्रो दिन असोज ३ गते सरकारी कार्यालयमा दिपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

Kamana Sewa

प्रतिकृया