• १९ भदौ २०८३, शुक्रबार
  • ९ः२९ राती

इन्द्रध्वजोत्थानको साइत आज बिहान ९:१७ बजे

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०७:००

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान लिङ्गो ठड्याउने साइत आज बिहान ९.१७ बजे रहेको जनाएको छ। इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको लिङ्गो शुक्रबार बिहान ९स्३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो। पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर प्रवेश गराउने भन्ने गरिएको छ।

यही भदौ १५ गते बिहान ११स्७ बजे वनयात्रा गरी त्यसै दिन राति ८स्१ बजे विधिपूर्वक बलि पूजासहित लिङ्गोका लागि रुख काट्ने साइत दिइएको थियो।

Kamana Sewa

केन्द्रीय मानन्धर सङ्घको नेतृत्वमा भक्तपुरको चित्तपोल सामुदायिक वनमा विधिपूर्वक उपयुक्त रुख छानी लिङ्गोका लागि काटिन्छ।

Classic Tech Desktop

इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४स्०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु हुन्छ। त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा सुरु गर्न अनुरोध गर्ने परम्परा छ। त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइनेछ।

 

प्रतिकृया