• ५ असोज २०८३, सोमबार
  • १ः१९ दिउँसो

कोटेश्वर छाता संगठन व्यवसायी संघद्वारा सरसफाई

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०७:४५

काठमाडौँ, कोटेश्वरका व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघले हिजो कोटेश्वर चोक र आसपासका क्षेत्रको सरसफाई गरेको छ । काठमाडौं क्षेत्र नं २ का संघीय सांसद एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित संघका पदाधिकारीहरुको सहभागितामा सो सरसफाई कार्यक्रम भएको थियो ।

National Life

सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक नइन्द्रविक्रम नेम्वांग, सरसफाई यभियन्ता केपि खनाललगायत संघका अध्यक्ष सरोज थापा, उपाध्यक्ष विकास श्रेष्ठ सहित संघका २१ जना पदाधिकारी तथा ५० भन्दा बढी सदस्यहरुको सहभागिता थियो ।
टोलीले कोटेश्वरचोकस्थित प्रहरी प्रभागको हाता बाहिर रहेको नाली र थोत्रा मोटरसाइकल हटाएर ठुलोमात्रामा फोहोर संकलन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सरसफाईपछि संघले प्रभाग अगाडि १० वटा फूलसहितको गमला राख्नुको साथै प्रहरी प्रभागको उत्तरतर्फको पर्खालमा भगवानका चित्र अंकित टायल टाँसेर फोहोर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । फोहोरका कारण महामारीको रुपमा डेंगु फैलिन थालेपछि संघले कोटेश्वरका विभिन्न ठाउँको सरसफाई गरेको संघका उपाध्यक्ष विकास श्रेष्ठले बताउनु भयो ।

प्रतिकृया