देउवा द्वारा आरजु राणा सम्मानित
प्रकाशित मिति
२०७६ भाद्र २३ गते, सोमबार ०७:५२

कांग्रेस सभापति शेरवहादुर देउवाले आफ्नै पत्नी डा आरजु देउवा राणालाई राजधानीमा आयोजित एक कार्यक्रमका बीचमा दोसल्ला ओढाएर सम्मान गरेका छन् । डा आरजुलाई समाजसेवीका रुपमा उक्त सम्र्पक समितिले ‘द्धारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मान गरेको हो । लोकतन्त्र, महिला अधिकार र सुदुरपश्चिमको सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै राणालाई उक्त समितिले सम्मान गरेको जिकिर गरेको छ ।
दक्षिण एसियाकै पहिलो महिला मन्त्री ठकुरानीको स्मृतिमा लोकतन्त्र र समाज सेवामा योगदान गर्ने व्यक्तिलाई उक्त समितिले सम्मान दिने गरेको र यो पटक त्यो सम्मान आरजुलाई प्रदान गरिएको उक्त समितिले जनाएको छ ।
’नियतवस चाकरीका लागि श्रीमानलाई प्रमुख अतिथि र श्रीमतिलाई सम्मान गरिएको होइन,’ समितिका एक सदस्यले भने,–‘आयोजक पार्टीको एउटा कमिटि हो, पार्टी सभापति शेरवहादुर देउवा हुनुहुन्छ, उहाकै हातवाट सम्मानितलाइृ सम्मान गरौं भन्ने सस्थाको ध्येय हो । संयोग सम्मानित हुने ब्यक्ति सभापतिकै श्रीमति पर्नुभयो ।’
प्रतिकृया