• 7:06 pm

कोटेश्वर छाता संगठन व्यवसायी संघद्वारा सरसफाई

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०७:४५

काठमाडौँ, कोटेश्वरका व्यवसायीहरुको छाता संगठन कोटेश्वर व्यवसायी संघले हिजो कोटेश्वर चोक र आसपासका क्षेत्रको सरसफाई गरेको छ । काठमाडौं क्षेत्र नं २ का संघीय सांसद एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित संघका पदाधिकारीहरुको सहभागितामा सो सरसफाई कार्यक्रम भएको थियो ।

सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक नइन्द्रविक्रम नेम्वांग, सरसफाई यभियन्ता केपि खनाललगायत संघका अध्यक्ष सरोज थापा, उपाध्यक्ष विकास श्रेष्ठ सहित संघका २१ जना पदाधिकारी तथा ५० भन्दा बढी सदस्यहरुको सहभागिता थियो ।
टोलीले कोटेश्वरचोकस्थित प्रहरी प्रभागको हाता बाहिर रहेको नाली र थोत्रा मोटरसाइकल हटाएर ठुलोमात्रामा फोहोर संकलन गरेको थियो ।

सरसफाईपछि संघले प्रभाग अगाडि १० वटा फूलसहितको गमला राख्नुको साथै प्रहरी प्रभागको उत्तरतर्फको पर्खालमा भगवानका चित्र अंकित टायल टाँसेर फोहोर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । फोहोरका कारण महामारीको रुपमा डेंगु फैलिन थालेपछि संघले कोटेश्वरका विभिन्न ठाउँको सरसफाई गरेको संघका उपाध्यक्ष विकास श्रेष्ठले बताउनु भयो ।

प्रतिकृया