• ५ असोज २०८३, सोमबार
  • १ः५७ दिउँसो

चिनियाँ विदेशमन्त्री काठमाडौंमा

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०७:३२

काठमाडौं– चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा हिजो साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गर्नु भएको हो ।

National Life

विमानस्थलबाट बाहिरिने क्रममा विदेशमन्त्री वाङले विमानस्थलमा राखिएका तस्विर अभिरुचिपूर्वक अवलोकन गरेका थिए। सरकारले पर्यटन वर्ष २०२० अन्तर्गत विदेश पाहुनाको ध्यान खिच्नेगरी देशभित्रका प्रख्यात पर्यटन स्थलका तस्बिर विमास्थलमा राखेको छ। विमानस्थलमा राखिएका तस्बिरबारे चिनियाँ राजदूत यान्छीले विफ्रिङ गरेकी थिइन्। तस्बिरबारे विदेशमन्त्री आफैले चासो लिएका लिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको तयारीका सिलसिलामा उनी नेपाल भ्रमणमा आएका हुन्। चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने भने सोही दिन उनको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्।

प्रतिकृया