• ५ असोज २०८३, सोमबार
  • २ः२९ दिउँसो

“रोज बहिनी अग्रज नारी रत्न पुरस्कार” पत्रकार भण्डारीलाई

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०७:२४

ललितपुर । पत्रकार बिमला भण्डारी यस बर्षको “रोज बहिनी अग्रज नारी रत्न पुरस्कार–२०७६” बाट सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननी ९०.६ का स्टेसन म्यानेजर भण्डारीलाई गण्डकी प्रदेशमा रहेर पत्रकारीता क्षेत्रमा योगदान दिएको भन्दै सम्मानित गरिएको हो । सम्मान ग्रहण पश्चात् कार्यक्रममा बोल्दै पत्रकार भण्डारीले यो सम्मानले अझ जिम्मेवारीसँगै इमान्दार भएर लागि पर्न हौसला प्रदान भएको बताउनु भएको छ ।

National Life


रोज बहिनी अग्रज नारी रत्न पुरस्कार–२०७६ बाट शिक्षाविद् एलीयाम्मा जोन, अग्रज पर्यटन व्यवसायी लक्की कार्की, बरिष्ठ सौन्दर्य्विद् चिनु गुरुङ, उद्यमी रामकली खड्का, गोमा ढकाल, समाजसेवी एवं नेता माया बराल र संस्थाको गण्डकी प्रदेश संयोजक देबी कार्कीलाई सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशका किशोरी बहिनीहरुलाई लक्षित गरी ‘रोज बहिनी महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा र सुरक्षामा समर्पित’ रोज बहिनी सृजनशिल महिला समाजको रोज बहिनी विद्यालय स्वास्थ्य परियोजना अन्तर्गत निशुल्क सेनेटरी प्याड वितरण गरिएको थियो ।

प्रतिकृया