गुणस्तरमा वृद्धि गर्दै शिक्षाको विकास गर्नु पर्छ : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ भाद्र २३ गते, सोमबार ०७:१७

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा शिक्षाको गुणस्तरलाई वृद्धि गर्दै लैजानु पर्ने बताउनु भएको छ । जागिरको खोजिमा रहेकाहरुको लागी जागीर प्रदान गर्ने खालकोे शिक्षाको विकास गर्नुपर्नेमा जोड उहाले जोड दिनु भएको छ ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरको सहयोगमा सूर्य्विनायक नगरपालिका वडा नं १ सिरुटारमा रहेको सिरुटार माध्यमिक विधालय ५ कोठे आर सि सि भवनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले शिक्षित युवालाई व्यवहारिक, आधुनिक, नैतिक, स्वभालम्बी बनाउने लगायतका कुराहरु वर्तमान समयमा चुनौति रहेको बताउँदै समाजप्रति जिम्मेवार, बफादार हुने प्रकारको शिक्षा अहिलेको आवश्यक रहेको औल्याउँदै सभ्य समाज निर्माण गर्न सक्ने प्रकारको शिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
सूर्य्विनायक नगरपालिकाले शिक्षाको व्यवस्थापनलगायतका क्षेत्रहरुमा गरेको सुधारका कारण वर्तमान समयमा सामुदायीक विद्यालयहरुमा विद्यार्थीको मोह बढ्दै गइरहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नीजि र सामुदायीक विद्यालयहरुको साझेदारीमा अघि बढ्नु वर्तमान समयको माग रहेको बताउँदै उहाँले सार्वजनीक, नीजि र सहकार्य अहिलेको अपरिहार्य रहेको बताउनुभयो ।
भुकम्पको समयमा जिर्ण भएका विद्यालयका भवन तथा अन्य भौतिक संरचनाहरु तिव्र गतिका साथ पुनसंरचना भइरहेको जसका कारण भक्तपुरको मुहार नै फेरिएको भक्तपुरमा सडक, ढल, खानेपानी, पुल, शिक्षा, स्वास्थ्य क्षेत्रमा जनताको माग तथा चाहना अनुसार नै भइरहेको बताउनुभयो । सूर्य्विनायक नगरपालिकामा २२औं भवनको रुपमा उक्त विद्यालयको भवन उद्घाटन गरिएको उक्त विद्यालयको भवन राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरको आ.व २०७४र२०७५ को कार्यक्रम अन्तर्गत रु ६२ लाख २३ हजार ७२८ रुपैया, सूर्य्विनायक नगरपालिकाबाट रु १० लाख र विधालय आन्तरिक स्रोतबाट रु ३ लाख ५० हजार गरी जम्मा रु ७५ लाख ७३ हजार ७२८ मा निर्माण सम्पन्न भएको हो ।
प्रतिकृया