• २१ असोज २०८३, बुधबार
  • ७ः१५ बिहान

बैंकहरूले ऋण लगानी गर्न नसकेपछि प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार ०१:२२

असोज ६,२०८१ काठमाडौँ : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत पैसा खिचिरहेको छ।राष्ट्र बैंकले आज पनि थप ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय बैंकले आज (असोज ६ गते) १४ दिन अवधिको ३० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता तान्न लागेको हो ।यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

National Life

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया