• २१ असोज २०८३, बुधबार
  • ७ः१५ बिहान

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

प्रकाशित मिति

२०८१ आश्विन ७ गते, सोमबार ०९:५३

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ । जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो ।

National Life

काठमाडौंको शंखमुलबाट आइतबार पक्राउ परेका जोशीलाई हिजो नै पोखरा पुर्‍याइएको थियो ।पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविराज जोशी र सदस्य कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया