• २१ भदौ २०८३, आइतबार
  • ९ः०५ बिहान

देश शिक्षामा पछि परेको प्रधानमन्त्री ओलीको भनाई

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०८:५१

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अदूरदर्शी शासकका कारण देशको शिक्षा पछि परेको बताउनु भएको छ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाले वेदका ऋचा तथा औषधिहरूको आविष्कार सबैभन्दा पहिले नेपालमा भए पनि शासकको अदूरदर्शिताका कारण त्यसपछिका दिनमा शिक्षाले अपेक्षाकृत गति समाउन नसकेको दाबी गर्नुभयो ।

National Life

वर्तमान शिक्षा प्रणाली अव्यवहारिक भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले व्यवहारिक, प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिएको भएको छ । देशका शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना नभएर देशका लागि आवश्यक जनशक्ति उत्पादन केन्द्र बन्नुपर्ने उहाको भनाई छ । त्यसका लागि आधारभूत तहदेखि नै पाठ्यक्रम लागू हुनुपर्ने प्रधानमन्त्रीको सुझाव छ ।

सार्वजनिक शिक्षा प्रणालीमा रहेका कमी–कमजोरीको पहिचान गर्दै शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन गरिनुपर्ने सुधारका कामहरुलाई सरकारले महत्त्व दिएको पनि उनले सन्देशमा उल्लेख गर्नु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया