• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४६ राती

विवाहमा न लाखौं खर्च, न झन्झटः छोरी माग्न जाँदा दाउराको भारी

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०८:०७

कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन। उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्छ।

यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगायत सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ।

Kamana Sewa

यसरी गरिएको विवाहमा न लाखौं खर्च, न झन्झट। ‘केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ’, धार्चे गाउँपालिका९५ यमगाउँका टेकबहादुर गुरुङ भन्छन्, ‘फिर्ता गरेनन् भने केटी विवाह गर्न सहमत भई भनेर केटाले बुझ्छ। अनि बिस्तारबिस्तार केटीको घरमा गएर काममा सघाउन थाल्छ। केटी र उसका अभिभावकको मन जितेपछि विवाह पक्का हुन्छ।’ यसरी विवाह गरेपछि छोराको छेवरमा रीत पुर्‍याउने चलन छ।
(शिव उप्रेती)
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया