• ५ साउन २०८३, मंगलबार
  • ४:५८ बेलुका

प्रधानमन्त्री ओली र अमेरिकी उप-विदेशमन्त्री बर्माबीच भेटवार्ता

प्रकाशित मिति

२०८१ श्रावण ३२ गते, शुक्रबार ०२:०४

साउन ३२, २०८१ काठमाडौँ: प्रधामन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्धको विषयमा छलफल भएको बताइएको छ । वर्मा आजै काठमाडौँ आइपुगेका हुन् ।

Kamana Sewa

व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Classic Tech Desktop

उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । उनले आजै परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया