• ६ असोज २०८३, मंगलबार
  • ८ः४४ राती

प्रधानमन्त्रीद्धारा गणतन्त्रलाई संस्थागत गर्न योगदान गर्ने राजनीतिकर्मी, विधायक, न्यायकर्मी लगायतलाई हार्दिक आभार व्यक्त

प्रकाशित मिति

२०८१ जेष्ठ १५ गते, मंगलवार १०:५८

जेठ १५, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।

National Life

गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, “अझ, त्यसभन्दा माथि संघीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो ।”

प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी गणतन्त्र प्राप्‍तिका लागि भएका विभिन्‍न आन्दोलनहरूका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूसहित बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति उच्च सम्मान प्रकट गर्दछु। गणतन्त्र प्राप्‍त गर्न र यसलाई संस्थागत गर्न योगदान गर्ने राजनीतिकर्मी, विधायक, न्यायकर्मी, राष्‍ट्रसेवक, निजीक्षेत्र, नागरिक समाज, सञ्‍चारकर्मीसहित आम जनसमुदायमा हार्दिक आभार प्रकट गरेका छन् ।

प्रतिकृया