प्रधानमन्त्रीद्धारा गणतन्त्रलाई संस्थागत गर्न योगदान गर्ने राजनीतिकर्मी, विधायक, न्यायकर्मी लगायतलाई हार्दिक आभार व्यक्त
प्रकाशित मिति
२०८१ जेष्ठ १५ गते, मंगलवार १०:५८
जेठ १५, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।
गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, “अझ, त्यसभन्दा माथि संघीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो ।”
प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको बताएका छन् ।
त्यसैगरी गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनहरूका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूसहित बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति उच्च सम्मान प्रकट गर्दछु। गणतन्त्र प्राप्त गर्न र यसलाई संस्थागत गर्न योगदान गर्ने राजनीतिकर्मी, विधायक, न्यायकर्मी, राष्ट्रसेवक, निजीक्षेत्र, नागरिक समाज, सञ्चारकर्मीसहित आम जनसमुदायमा हार्दिक आभार प्रकट गरेका छन् ।






प्रतिकृया