• ५ साउन २०८३, मंगलबार
  • ४:१० बेलुका

धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

प्रकाशित मिति

२०८१ जेष्ठ ११ गते, शुक्रबार ०१:३५

जेठ ११, २०८१ काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ । धावनमार्गको लगभग बीच भागमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा परेको खाल्डो पुरेपछि उडान अवतरण सबै खुलेको छ । ‘खाल्डो पुरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैका उडान अवतरण खुलेको छ,’ झाले अनलाइनखबरसँग भने, ‘मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेका थियौं ।’

Kamana Sewa

विमानस्थलका अनुसार काठमाडौं आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका थिए । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मेलसिया एयरलाइन्स लगायत होल्ड गरेका थिए भने आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत पनि होल्डमा थिए ।

Classic Tech Desktop

प्रतिकृया