• १३ असोज २०८३, मंगलबार
  • १ः२३ दिउँसो

कार्यदलको बैठक निष्कर्षविहीन

प्रकाशित मिति

२०८१ जेष्ठ ८ गते, मंगलवार ११:५८

जेठ ८, २०८१ काठमाडौँ: संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । मंगलबार बसेको समितिको दोस्रो बैठक सकारात्मक भने भएको नेताहरूले बताएका छन् ।

National Life

सहकारीमा बचत गरिएको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको आरोप लागेपछि छानबिनका लागि संसदीय समिति गठन गर्ने दलहरूको सहमतिपछि त्यसको कार्यादेश टुंग्याउन समिति गठन गरिएको थियो ।

‘गम्भीर ढंगले छलफल भयो । सकारात्मक रुपमा अघि बढेको महसुस गरेको छ । उपलब्धिमूलक बनेको छ’, कानुनमन्त्री पदम गिरीले भने, ‘ठ्याक्कै निष्कर्षमा पुगेको अवस्था छैन । विभिन्न कोणबाट छलफल गरेका छौँ । विभिन्न विकल्पहरूमा छलफल गरेका छौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले अर्को बैठकबाट समितिको कार्यादेश टुंग्याउने आशा व्यक्त गरे ।

प्रतिकृया