• २ असार २०८१, शनिबार
  • 2:26 am

खाँदाबारी र कोन्ज्योसोमको न्यायिक समितिका पदाधिकारीबीच छलफल

प्रकाशित मिति

८ जेष्ठ २०८१, मंगलवार ११:१४

जेठ ८, २०८१ ललितपुर : सङ्खुवासभाको खाँदबारी नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको न्यायिक समितिका पदाधिकारीको अनुभव आदानप्रदान गरिएको छ । सोमबार कोन्ज्योसोम गाउँपालिकामा खाँदबारी नगरपालिकाका न्यायिक समितिका पदाधिकारी पुगी दुई पालिकाबीच न्यायिक समितिले गरेका कार्यको अनुभव आदानप्रदान भएको हो ।

कार्यक्रममा न्यायिक समितिमा पर्ने उजुरीका प्रकृति, न्यायिक समितिले न्यायिक निरुपण गर्ने प्रकृया लगायतका बारेमा छलफल भएको हो । दुई पालिकाले गरेका असल अभ्यास स्वरुप न्यायिक समितिले गरेका कार्यको बारेमा अनुभव आदानप्रदान गरिएको कोन्ज्योसोम गाउँपालिका जनाएको छ ।
कार्यक्रममा खाँदबारी नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक महेश्वरा श्रेष्ठ ( बज्राचार्य) सहितको न्यायिक समितिका पदाधिकारी र कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरे, अध्यक्ष कृष्णमान लामा, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यसहितका कर्मचारी, पदाधिकारी लगायतका जनप्रतिनिधिको सहभागिता भएको थियो । उक्त कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले स्वागत गर्नुभएको थियो ।

प्रतिकृया