• २ असार २०८१, शनिबार
  • 2:00 am

रेकर्ड बनाएर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

८ जेष्ठ २०८१, मंगलवार १२:०५

जेठ ८, २०८१ काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य मंगलबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रूपैयाँले घटेर १ लाख ४० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ९ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया