• 8:27 am

काठमाडौँको थलीमा मृत भेटिएका पुरुषका छोराछोरी प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०८१ जेष्ठ ८ गते, मंगलवार १२:५२

जेठ ८, २०८१ काठमाडौँ: काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५, सानोथलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोराछोरी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रमुख, एसएसपी वसन्त राजौरेका अनुसार, छोरा फर्पिङ र छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। यद्यपि घटनामा उनीहरूको संलग्नताबारे अहिलेसम्म केही खुलेको छैन ।

भक्तपुर–७, छालिङका ५२ वर्षीय नगरकोटी मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए । शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा प्रहरीले उनको परिचय पत्ता लगाएको थियो ।

कपडाले मुख ढाकिएको अवस्थामा फेला परेको शवनजिकै दुइटा ब्लेड पनि भेटिएको थियो । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया