• ५ साउन २०८३, मंगलबार
  • ५:५० बेलुका

निगमको आ. व. २०८१/८२ को वार्षिक वजेट वैठकको उद्घाटन

प्रकाशित मिति

२०८१ जेष्ठ ३ गते, बिहीबार ०५:१६

जेठ ३, २०८१ काठमाडौँ: आज मिति २०८१ जेष्ठ ३ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङज्यूले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा निरिक्षण तथा अनुगमन गर्नुभयो । उक्त अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेयज्यूको समेत उपस्थिती रहेको थियो भने निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले निगममा स्वागत गर्नुभएको थियो ।

यसै सन्दर्भमा माननीय मन्त्रीज्यूले निगमको चालु आ. व. २०८०/८१ को समिक्षा र आगामी आ. व. २०८१/८२ को वार्षिक योजना तथा वजेट प्रक्षेपण वैठकको उद्घाटन समेत गर्नुभएको थियो । उक्त वैठकमा निगमका कार्यकारी अध्यक्ष लगायत नायव महाप्रबन्धक (प्रा.), निगमका सम्पूर्ण विभागीय प्रमुखहरु, निगमका दश वटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुखहरु, सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरु र निगममा क्रियाशिल चार वटै टे«ड युनियनका अध्यक्षहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा निगमका बजार व्यवस्थापन विभागका निर्देशक श्री टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त समिक्षा बैठक तथा बजेट प्रक्षेपण कार्यक्रम मिति २०८१ जेष्ठ ३ र ४ गते दुई दिन चल्नेछ ।

Kamana Sewa

सो अवसरमा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो । त्यसैगरी निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरु ९क्ष्ल(ाष्निजत ँययम बलम द्यभखभचबनभक क्ष्तझक० मा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्ने तर्फ पहल गरिदिनुहुन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिनुहुन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष आग्रह गर्दै समन्वयात्मक भूमिका खेलिदिनु हुन समेत अनुरोध गर्नुभयो ।

Classic Tech Desktop

उक्त अवसरमा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेयज्यूले निगमका कर्मचारीहरुलाई सधैं इमान्दारीपूर्वक आ–आफ्नो कार्यमा लाग्न निर्देशन दिनु भयो । त्यसैगरी सवैले एक साथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुमा सधैं सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

उक्त अवसरमा माननीय मन्त्रीज्यूले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यहरुमा ढिला सुस्ती नगर्न र कसैको कारणबाट निगमलाई हानी नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहने तर्फ सचेत गराउँदै प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रतिकृया