• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

नेशनल लाइफको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको बाक्लो सहभागिता

प्रकाशित मिति

२०८१ बैशाख २४ गते, सोमबार ०४:४६

वैशाख २४, २०८१ काठमाडौँ: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले बैशाख महिनामा आफ्नो व्यक्तिगत कोडमा ७ लाख ५० हजार रुपैयाँको व्यवसाय गर्नुपर्ने भएको छ । कम्पनीले भारतको अयोध्यामा रहेको हिन्दु धर्मावलम्बीहरुको ठुलो राम मन्दिर भ्रमणको आयोजना गरी क्वालिफाइड अभिकर्ताहरुलाई दर्शनको लागि भारत लैजाने भएको हो ।

National Life

उक्त योजनामा हालसम्म विभिन्न शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ताहरुमध्ये बविता तामाङ, मन्जु श्री धौभादेल, प्रकाश श्रेष्ठ, सर्मिला अर्याल पाण्डे, यशोदा बर्तउला, प्रदिप नेपाली, शिला कुमारी शाह, रमेश कुमार यादव, शिला मैनाली, टंक बहादुर क्षेत्री, बिमल न्यौपाने लगायतका अभिकर्ताहरु समावेश हुन सफल भएका छन् ।

त्यस्तै, दिनेश बहादुर बस्नेत, नेत्र बहादुर राउत, सशिकला तामाङ, कुशुम बस्नेत, जगत बहादुर कार्की, अर्जुन घिमिरे, सजिना धिताल, महेन्द्र पहाडी लगायका अभिकर्ताहरु समावेश भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले विभिन्न समय परिस्थिती अनुसारका योजना सार्वजनिक गरी अभिकर्ताहरुलाई व्यवसायिक बनाउँदै आएको छ । कम्पनीका देशभरी सञ्चालन रहेका शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ताहरुले उक्त योजनामा सामेल हुनको लागि रात दिन संघर्ष गरी बीमा गराइरहेका छन् ।

प्रतिकृया