• २ असोज २०८३, शुक्रबार
  • १ः४३ राती

मिस टिन नेपाल २०१९ को उपाधि सिन्डी बज्राचार्यलाई

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ११:३७

काठमाडौं, काठमाडौं जेसिसको प्रस्तुति राईटपाथ मिस टिन नेपाल २०१९ को ताज सिन्डी बज्राचार्यले जित्न सफल भएकी छिन् । विहीबार प्रज्ञाभवनमा आयोजित फाइनल प्रतियोगितामा २१ प्रतिष्पर्धीलाई उछिन्दै सिन्डीले २०१९ को मिस टिन नेपालको उपाधि हासिल गरेकी हुन् । उनले अल्टर क्रियशन मिस ईन्टेलिजेन्टको उपाधि पनि पाइन् ।

National Life

प्रतियोगिताको फस्ट रनरअप भइन् सबिना कार्की , सेकेण्ड रनरअप धरानकी प्रज्ञा भण्डारी भइन् भने उनले एफएनएस मिस पर्सनालिटीको उपाधि समेत पाइन् । कार्यक्रमका प्रमुख निर्णायक काठमाडौं जेसिसका पुर्वअध्यक्ष ईन्द्ररत्न बज्राचार्यले ‘एक जना व्यक्तिको योगदान समाजको लागि कत्तिको महत्व हुन्छ ?’ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिँदै सिन्डीले मिस टिन नेपाल २०१९ को ताज पहिरिन सफल भएकी हुन् । उनले व्यक्ति व्यक्तिको कार्यबाट समाज निर्माणमा योगदान हुने भन्दै आफ्नो बाबु र आमाको उदाहरण दिएकी थिईन ।

प्रतियोगितामा फाइनल राउण्डका प्रतिष्पर्धीहरुलाई ब्यक्तिगत विधा तर्फपनि पुरस्कृत गरिएको थियो । प्रतियोगिताको पिसफुल फाउनडेसन मिस ट्यालेन्ट शुशिला तामाङ, डिजीपेन मिस पपुलर र नयाँ पत्रिका अडीसन च्वाइस अनु बस्नेत हुँदा प्रतिमा श्रेष्ठले डोर होटेल मिस डिसीपिलिनको अवार्ड पाइन् । यसैगरी दि उईडिंग मिस फोटोजेनिक अभिलाषा खड्का, मिस ब्युटिफुल स्किन महिमा चन्द भइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मिस टिन नेपाल २०१९ का लागि निर्णायकहरुमा प्रमुखनिर्णायक काठमाडौँ जेसिसका पुर्वअध्यक्ष इन्द्ररत्न बज्राचार्य, कलाकार कृष्ण मल्ल, मिस नेपाल २०१५ ईभाना मानन्धर, नयाँ पत्रिकाका सहायक बजार प्रबन्धक आदित्य ठाकुर, राईट पाथ करियर काउन्सेलिङका सिइओ फिलिप डिसी, चर्चित मोडल तथा कलाकार प्रशान्त ताम्राकार रहेका थिए ।

१६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तराष्ट्रिय स्तरको मिस टिन नेपाल मिस नेपाल पछिकै ठुलो सुन्दरी प्रतियोगिता भएको जनाएको छ ।

 

 

 

फोटो जेसिआइको पेजबाट

प्रतिकृया