• ५ साउन २०८३, मंगलबार
  • ५:११ बेलुका

मध्यपूर्वको पहिलो महिला डबल–डेकर बस चालक भण्डारीलाई सम्मान

प्रकाशित मिति

२०८१ बैशाख २ गते, आईतवार ०२:०८

वैशाख २, २०८१ काठमाडौँ: युएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा शनिवार आयोजित नया बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमको अवसरमा दोसल्ला ओढाई सम्मान-पत्रले सम्मान सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अथिती तथा नेपाली समाजका संथापक उपाध्यक्ष एबंम बिगत चार दशक देखी युएईमा रहेका समाजसेवी चन्द्र प्रसाद सापकोटाको हातबाट सम्मान पत्र हस्तानतरण गरिएको थियो । त्यसैगरी नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल, दोलकाली समाजका अध्यक्ष सुनिल राज श्रेष्ठ, नुवाकोट सेवा समाज युएईका अध्यक्ष नबिन कार्की लगाएतले दोसल्ला ओडाएका थिए ।

Kamana Sewa

कार्यक्रममा बोल्दै प्रमुख अथिती चन्द्र प्रसाद सापकोटाले युएईमा रहेर साहसिक कामगर्दै आफुलाई अग्र स्थानमा ल्याउन सफल तथा निरन्तरा कोशिस गर्दा एकदिन अवस्य सफल होइन्छ भन्ने कुरा स्थापित गर्न सफल नेपाली सहसिक चेलीलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गर्दै यस्तो उदाहरणिय काम गरिरहेकी चेलीलाई सम्मानको आयोजना गरेका आयोजकलाई धन्यबाद ब्यक्त गरेका थिए । उनले गरेको उदाहरणिय कामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा परिचर्चा हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा उनको समाचार पढ्न पाउदा गर्व महसुस हुने बताएका छन । यसले गर्दा नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च पार्न अहम भुमिका निर्वाह गर्ने कुरामा बिश्वस्त गरेको कुरा उल्लेख गरेका थिए ।

Classic Tech Desktop

त्यसैगरी कार्यक्रममा बोल्दै बिशेष अतिथी दोलकाली समाजका अध्यक्ष सुनिल राज श्रेष्ठले बिदेशी भुमिमा रहेर अनेकौँ बाधा अड्चनहरुलाई पार गर्दै चाहना भए के सम्भव हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्दै हजारौँ नेपाली महिलाहरुको प्रेरणाको श्रोत बनि नेपाली महिलाहरुलाई सक्षम बन्नको निम्ति दिनुभएको योगदान उदाहरणिय रहेको उल्लेख गर्दै उहालाई सम्मान गर्न पाउदा गर्व महसुस गरेको बताएका छन ।

नेपालको ओखलढुंगा जिल्लामा जन्मियकी शान्ति २०१५ देखी युएईमा रहेर आफ्नो रोजगारीको सिलसिलामा ब्यूटीशियन देखी मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला बन्दै मध्य पुर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकको रुपमा आफुलाई स्थापित गर्दै साहसिक महिलाको परिचय बनाउन सफल भएकी उनले कामको अलावा बिभिन्न सामाजीक कार्यहरुमा सकृय रहदै नेपाली दाजुभाई दिदिबहिनीहरु लाई आफुले सकेको सहयोग गर्दै आईरहेकी छिन् ।

हाल उनि युएईमा रहेर पर्यटन क्षेत्रमा सेवा दिदै आईरहेको अन्तर्राष्ट्रिय डबल डेकर कम्पनी बिग बस टुर्समा महिला बस चालकको रुपमा काम गर्दै आईरहेकी छिन । यस क्षेत्रमा बस चालकको रुपमा काम गर्ने महिला उनि एक मात्रै हुन ।

प्रतिकृया