• ९ असोज २०८३, शुक्रबार
  • २ः३० दिउँसो

इरानले गर्‍यो इजरायलमा आक्रमण, अमेरिकाले खसाल्यो ड्रोन

प्रकाशित मिति

२०८१ बैशाख २ गते, आईतवार ०८:२४

वैशाख २, २०८१ काठमाडौँ: इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ ।

National Life

अमेरिकाले इजरायलतर्फ इरानले प्रहार गरेका केही ड्रोन खसालेको बीबीसीले जनाएको छ । बेलायतले आक्रमणको विरोध गर्दै आरएएफ विमान तैनात गरेको र त्यस क्षेत्रभित्रको कुनै पनि हवाई हमला रोक्ने बताएको छ ।

अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासनजिक गरेको आक्रमणको बदला लिने चेतावनी इरानको छ । उक्त आक्रमणमा सात इरानी अधिकारीको ज्यान गएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

इजरायलको रक्षा बलले आफ्नो दक्षिणी बेस (आधार)मा केही क्षति भएको जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टनियो गुटेरेसले थप तनाव बढ्न नदिन आग्रह गरेका छन् ।

प्रतिकृया