• 5:21 pm

इरानले गर्‍यो इजरायलमा आक्रमण, अमेरिकाले खसाल्यो ड्रोन

प्रकाशित मिति

April 14, 2024

वैशाख २, २०८१ काठमाडौँ: इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ ।

अमेरिकाले इजरायलतर्फ इरानले प्रहार गरेका केही ड्रोन खसालेको बीबीसीले जनाएको छ । बेलायतले आक्रमणको विरोध गर्दै आरएएफ विमान तैनात गरेको र त्यस क्षेत्रभित्रको कुनै पनि हवाई हमला रोक्ने बताएको छ ।

अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासनजिक गरेको आक्रमणको बदला लिने चेतावनी इरानको छ । उक्त आक्रमणमा सात इरानी अधिकारीको ज्यान गएको थियो ।

इजरायलको रक्षा बलले आफ्नो दक्षिणी बेस (आधार)मा केही क्षति भएको जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टनियो गुटेरेसले थप तनाव बढ्न नदिन आग्रह गरेका छन् ।

प्रतिकृया