• ६ असोज २०८३, मंगलबार
  • ४ः११ बेलुका

प्रस्तावित महालेखापरीक्षक रायाविरूद्धको सुनुवाइ प्रक्रिया सुरु

प्रकाशित मिति

२०८० चैत्र १९ गते, सोमबार ११:४८

चैत्र १९, २०८० काठमाडौँ: प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

National Life

संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले रायिवरुद्ध कुनै गुनासा वा उजुरी भए १० दिनभित्र निवेदन दिन सूचना जारी गर्ने निर्णय गरेसँगै उनीमाथिको सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

रायाविरुद्ध कुनै उजुरी भए इमेल, संघीय संसद सचिवालयको कार्यालयलगायतमा दिन सकिने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखापरीक्षमा सिफारिस गरेको हो । पूर्वअर्थसचिव पनि रहेका उनी अहिले तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी छन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त थियो ।

प्रतिकृया