• 3:44 pm

सुनको मूल्यमा फेरि वृद्धि, कति पुग्यो तोलाको ?

प्रकाशित मिति

२०८० चैत्र १९ गते, सोमबार १२:०४

चैत्र १९, २०८० काठमाडौँ: सुनको मूल्य फेरि आकाशिएको छ । पछिल्ला २ दिन स्थिर रहे पनि सोमबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँसम्मले बढेको हो। छापावाल सुन उक्त दरले बढ्दा तेजाबी सुन १ हजार ५ सय ५० रुपैयाँले बढेको छ ।

योसँगै आज सुनको मूल्यले १ लाख ३१ हजार ६ सय रुपैयाँको नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ। योसँगै सोमबार चाँदी १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया