• १७ भदौ २०८३, बुधबार
  • ५ः५६ बेलुका

यातायात कार्यालयका प्रमुखसहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १३ गते, शुक्रबार १२:५५

धनगढी, यातायात कार्यालय धनगढी कैलालीका प्रमुखसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत(सातौँ तह)भुवन जोशी र अधिकृत छैटौँ जयराज कारिगर रहेका छन् ।

गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका तीनै जनालाई १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।

Kamana Sewa

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले जानकारी दिनुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया