• १९ भदौ २०८३, शुक्रबार
  • १ः२० राती

मन्त्री भट्टराईको निर्देशनमा आजै साँझदेखि पशुपतिमा आरतीअघि राष्ट्रिय गान बज्ने

प्रकाशित मिति

२०७६ भाद्र १३ गते, शुक्रबार ०१:१३

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा आज शुक्रबारबाट साँझबाट पशुपति मन्दिरमा आरती हुनुअघि राष्ट्रिय गान बजाइने छ । मन्त्री भट्टराईले पछिल्लो पटक पशुपति क्षेत्र विकास कोषलाई पशुपति मन्दिरमा साँझको आरतीअघि राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो ।

मन्त्रीको निर्देशन आजैदेखि कार्यान्वयनमा आउने भएको छ । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार आजै साँझको आरती भन्दा अगाडी राष्ट्रिय गीत बज्ने व्यवस्था मिलाएको पशुपति विकास कोषले जानकारी दिएको जनाउनु भयो । पशुपति मन्दिरमा हरेक दिन साँझ विशेष प्रकारको आरती हुने गरेको छ । आरती हेर्नका निम्ति सयौँ विदेशी तथा नेपालीहरू पाशुपत क्षेत्रमा उपस्थित हुने गरेका छन ।

Kamana Sewa

प्रतिकृया