• १६ भदौ २०८३, बुधबार
  • २:०२ बेलुका

निर्माणधिनमा रहेको सुदुरपश्चिम मेडिकल कलेज (फेटोफिचर)

प्रकाशित मिति

२०७६ भाद्र १३ गते, शुक्रबार १२:२८

सुभाष कुँवर

धनगढी,सुदूरपश्चिम प्रदेशमा पहिलो मेडिकल कलेज निर्माणधिनमा रहेको छ । कैलालीको गेटा स्थित ८० रोपनी क्षेत्रफलमा छुट्टाछुट्टै निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेर विभिन्न प्रयोजनका लागि पहिलो चरणमा २७ ओटा भौतिक संरचनाको निर्माण भइरहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनीयर पवन रावलले बताउनु भयो ।

Kamana Sewa

जुन मेडिकल कलेजले वार्षिक १२० जना चिकित्सा विज्ञानका विद्यार्थी उत्पादन गर्ने लक्ष्य रहेको छ । यस कलेजमा एम.बीबी.एस.का कोर्सको पढाई गराइने छ । निर्माण भइसकेपछि चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएसका कक्षाहरू सञ्चालन हुने मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति, गेटा कैलालीले जनाएको छ ।

Classic Tech Desktop

नेपाल सरकारको स्वामित्वमा कैलालीको गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा अध्ययनका लागि कलेज, अस्पताल, छात्रावास निवासलगायत भवन निर्माणलाई तीव्रता दिएको छ ।

सुदूरपश्चिम प्रदेशवासीले २ दशकदेखि मेडिकल कलेज स्थापनाको माग गर्दै आए पनि आव २०७४/७५ देखि उक्त कलेज निर्माण प्रक्रिया सुरु भएको हो ।

प्रतिकृया