• ५ साउन २०८३, मंगलबार
  • ६:०७ बेलुका

सुनको सिक्री नपाएपछि बिहे रद्द गरी जन्ती फिर्ता लाने बेहुला पक्राउ

प्रकाशित मिति

२०८० फाल्गुन २९ गते, मंगलवार ०१:५३

फागुन २९, २०८० काठमाडौँ: दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुला पक्राउ परेका छन् ।

वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको हो । पक्राउ पर्ने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साह हुन् । उनले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए ।

Kamana Sewa

साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औँठी र हनुमानको माला पाइसकेका थिए ।

Classic Tech Desktop

तर राति मण्डपमा सुनको सिक्री नपाएपछि उनले बिहे नै रोकेर जन्ती फिर्ता लगेका थिए ।

प्रतिकृया