वीरेन्द्रनगरमा गोली चल्यो, ४ जना पक्राउ
प्रकाशित मिति
२०८० फाल्गुन १३ गते, आईतवार १०:५८
फागुन १३, २०८० काठमाडौँ: सुर्खेतमा शनिबार राति गोली चलेको छ। वीरेन्द्रनगर नगरपालिका -१ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ ।
घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका उनले बताए । उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा भारतीय सुटर पनि संलग्न छन् । दुवै पक्षले गोली चलाएको पनि प्रहरी स्रोतको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया