• २० भदौ २०८३, शनिबार
  • ८ः५१ राती

ट्रेड युनियन कांग्रेस द्धारा लैङ्गिक नीति निर्माण गोष्ठी

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०६:४७

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिले लैङ्गिक नीति निर्माण गर्न गोष्ठी गरेको छ । गोष्ठीको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले लैङ्गिक समानता भन्दा पनि समानताको नीति बनाए लैङ्गिक नीति पनि त्यसैले समेटिनुका साथै सहभागिता र सशक्तिकरणलाई संगसंगै लानु पर्ने बताउनु भयो । उपाध्यक्ष अजयकुमार राईले नेतृत्व तहमा महिला पुग्न कम्तिमा मुद्दामा एक हुन सुझाव दिनुभयो । सल्लाहकार रीता खनालले हरेक ठाउँमा महिलाको भूमिका धेरै भए पनि नेतृत्वमा पछि परेको बताउँदै दोष लिङ्गमा भन्दा सोच र प्रवृत्तिमा रहेको उल्लेख गर्नुभयो ।
अर्की सल्लाहकार कल्पना अधिकारीले लैङ्गिक मुद्दा महिलाको मुद्दा मात्र नभई पुरुषको पनि मुद्दा रहेको बताउनु भयो । उपाध्यक्ष आशा सिंह राठोरले लैङ्गिक समानता भएमा मात्र हरेक ठाउँको परिवर्तन हुने बताउनु भयो ।

National Life

प्रतिकृया