• १९ भदौ २०८३, शुक्रबार
  • ६ः३५ बेलुका

टेलिफिल्म ‘दानवीर’ प्रदर्शन

प्रकाशित मिति

२०७६ भाद्र ६ गते, शुक्रबार ०६:४९

काठमाडौँ, अंगदान र मस्तिष्क मृत्यु सम्बन्धी जनचेतनामूलक टेलिफिल्म ‘दानवीर’को विशेष प्रदर्शन गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा महसञ्चारले निर्माण गरेको उक्त टेलिफिल्म दिउसो कुमारी सिनेमा हलमा विशेष प्रर्दशन गरिएको हो । फिल्म हेर्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, काठमाडौँ, ललितपुर महानगरपालिकाका मेयरद्धय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन तथा उपत्यकाका अन्य नगरपालिकाका मेयर उपमेयर तथा जनप्रतिनिधिहरुको विशेष उपस्थिति थियो ।

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशनमा बनेको उक्त टेलिचलचित्रमा श्रेष्ठ र आचार्य ( महजोडी) संगै बसुन्धरा भुसाल, राजाराम पौडेल, नरेन्द्र कंशाकार जस्ता चर्चित कलाकारको जिवन्त अभिनय छ । फिल्मको कथा हरेक चिज दान गर्न मन पराउने पुन्य प्रसाद (हरिवंश) र मिर्गौला फेल भई प्रत्यारोपणको लागि दाता खोजि रहेका धनबहादुर (मदनकृष्ण)लाई केन्द्र भागमा राखिएको छ । उनीहरुलाई बसुन्धरा भुसाल र राजाराम पौडेलले साथ दिएका छन ।

Kamana Sewa

प्रतिकृया