• २८ भदौ २०८३, आइतबार
  • ८ः५३ राती

यू– १९ एसिया कपमा सहभागि हुने नेपाली टिमको घोषणा

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार १२:३८

काठमाडौं, एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

National Life

एसीसीलाई पठाएको १५ सदस्यीय खेलाडीको सूचीमा गत महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपममा सहभागी भएका तीन जना खेलाडी परिवर्तन भएका छन् ।

यसपटक आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ फेरी टिममा फर्किएका छन् । यस्तै विशाल विक्रम केसी, तिलक भण्डारी लोकेश बम भने टिमबाट बाहिरिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रशिक्षकमा विनोद दास, म्यानेजरमा राजु खड्का, ब्याटिङ प्रशिक्षकमा अपुर्भा देसाई, फिजियोमा बिक्रम न्यौपाने र ट्रेनरमा सुवास पात्रो रहेका छन् भने टोलीमा कप्तान पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी रहेका छन् ।

नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ अर्थात भदौ २० गते, दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ (भदौ २२ गते) र अन्तिम खेल सेप्टेम्बर १० (भदौ २४ गते ) युएईसँग खेल्नेछ ।

प्रतिकृया