• २९ भदौ २०८३, सोमबार
  • ३ः५८ राती

पैसा दिएर बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार १२:१०

बाँके, कोहलपुर नगरपालिका–११ की ६ वर्षीया बालिकाको गएको असार २१ गते बलात्कार भएको थियो । उक्त घटनालाई चार लाख रुपियाँ दिएर बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ परेका छन् ।

National Life

बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसँग चार लाख रुपैयाँ लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया