• १० असोज २०८३, शनिबार
  • ४ः३४ बेलुका

भारत र अफगानिस्तान भिड्दै

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार १०:५६

असोज २४, २०८० काठमाडौँ: आईसीसी पुरुष विश्वकप क्रिकेटमा आज घरेलु टोली भारतले अफगानिस्तानसँग खेल्दैछ।दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुने छ। उपाधि दावेदार भारत लगातार दोस्रो जितको खोजीमा हुने छ भने अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ।

National Life

आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा अफगानिस्तानविरुद्ध बंगलादेशले ६ विकेटको जित निकालेको थियो। ​


एकदिवसीय विश्व कपमा दुई देशले हालसम्म १ खेल मात्र खेलेका छन्। सन् २०१९ को विश्वकपमा भएको उक्त खेलमा भारत ११ रनको झिनो अन्तरले विजयी भएको थियो। समग्रमा दुई टोलीले हालसम्म तीन ओडीआई मात्रै खेलेका छन्। जसमध्ये भारतले दुई खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसै मैदानमा भएको दक्षिण अफ्रिका र श्रीलंकाबीचको अन्तिम खेलमा दुवै टोलीले करिब ८ सय रन बनाएका थिए।

प्रतिकृया