• ०९:१९ २०८१ बैशाख ४ गते
  • 9:19 am

युद्धग्रस्त इजरायलमा उद्धारको पर्खाइमा छन् ३५० नेपाली

प्रकाशित मिति

२०८० आश्विन २४ गते, बुधबार १०:५१

israel

असोज २४, २०८० काठमाडौँ: युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन्। आवेदन दिए पनि उनीहरूलाई उद्धार गर्न समय लाग्ने देखिएको छ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन लिइरहेको छ।


परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन वार्तामा स्वदेश फर्किन चाहने नेपालीको उद्धारको विषयमा कुराकानी गरेका थिए । सोहीअनुसार दूतावासमा स्वदेश फिर्ता हुन चाहने नेपालीले आवेदन दिएका हुन् ।


‍टेलिफोन संवादमा आतंककारी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउनेबारे पनि छलफल भएको थियो। यद्यपि छलफल भए पनि शव ल्याउन पनि केही दिन लाग्ने भएको छ ।


इजरायली पक्षले केही प्रक्रिया पूरा गरेपछि मात्र शव फिर्ता हुने जनाएको छ ।

प्रतिकृया