• २१ भदौ २०८३, आइतबार
  • ७ः४१ बिहान

कसैको दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन : महानिरीक्षक खनाल

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०३:०९

काठमाडौँ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीहरुलाई कसैको दबाबमा नपरी काम गर्न महानिरीक्षक खनालको निर्देशन दिनु भएको छ । आज संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गर्दै महानिरीक्षक खनालले सोही कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत शिलान्यास गर्नु भएको छ ।

National Life

प्रत्येक प्रहरीले भावनामा शुद्धता राखी छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादनतर्फ लक्षित हुनुपर्ने चर्चा गर्दै महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न भएको उल्लेख गर्दै भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको भएता पनि त्यसको गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताउनु भयो ।

नयाँ भवन निर्माणसँगै नागरीक समक्ष थप उत्कृष्ट सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत उहाँले दिनु भयो ।

Classic Tech Desktop

प्रतिकृया