• २१ असोज २०८३, बुधबार
  • ९ः२२ बिहान

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित MDRT Global Conference मा फहराए नेपालको झण्डा

प्रकाशित मिति

२०८० भाद्र २५ गते, सोमबार ०२:५४

भदौ २५, २०८० काठमाडौँ : नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जनाएजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित MDRT Global Conference मा सहभागिता जनाएका छन । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT ले आफ्नो Global Conference सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो ।

National Life

२७ देखि ३० अगस्ट सम्मचलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७,५०० जनाको उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउनपाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापनगरे।


कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए। यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजाननिकै सहयोग पुग्ने बताउनु भयो र कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई MDRT बन्न उत्प्रेरणा प्रदानगरि रहेको कुरा जानकारी गराए।

Classic Tech Mobile
Classic Tech Desktop

“किन कि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्म साथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवाप्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी रु. १७२ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १६३ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवा ग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

प्रतिकृया