गरिमा विकास बैंकले हरितालिका तीज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक
प्रकाशित मिति
२०८० भाद्र २५ गते, सोमबार ०२:२९
भदौ २५, २०८० काठमाडौँ : यस गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ। करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोक गीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ। बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्तगित हेर्न र सुन्न सकिनेछ ।
साथै, हरितालिका तीजलाई अझविशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमातीज” पनि सार्वजनिक गरेको छ । यस विकास बैंकले जारी गरेको तीजविशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरु मध्ये प्रथमलाई रु ३०,००० द्धितियलाई रु २०,००० तृतियलाई रु १०,००० र बाँकि ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ । यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नु पर्ने हुन्छ ।
हाल, यस गरिमा विकास बैंकले नेपालभर १२१ शाखाकार्यालय, ५० एटिएम र डिजिटल बैंकिङ् (गरिमा डिजी बटुवा, डेविट/क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षितएवं गुणस्तरीय सेवा प्रदानगर्दै आईरहेको छ ।
प्रतिकृया